वीरगन्ज,२१ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले ठुलो परिमाणको अवैध मालसमान पक्राउ गर्न छाडेको पाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखाले तस्करीको लाईन दिएपछि प्रहरी कै मिलोमतोमा मालसमान अवैध रूपमा भित्रीदै गरेको हो ।

जिल्ला प्रहरी कार्यालय क्राईम शाखाका बरिष्ठ सई लोकेन्द्र पण्डितले पर्सा जिल्लाबाट हु्ने तस्करीका लाईन संचालनका लागी ग्रिन सिग्नल दिएको तस्करहरु नै बताउने गरेका छन ।

अहिले जिल्लामा नुन देखि सुन सम्म्को अवैध तस्करीमा प्रहरी उपरिक्षक गौतम मिश्र र बरिष्ठ सई पण्डित बिच तालमेल भएको पुष्टि गरेको छ ।

सई पण्डितको केहि समय अगाडि तस्कर संगको कुरामा तस्करीको लाईन दिने र लिने बेलाको फोन रेकर्ड भएपछि उनी काईम शाखाका निरज सिंहलाई आर्थिक संकलन गर्न खटाएका छन ।

क्राइम शाखाका सिंहले पण्डितको निर्देशनमा पैसा उठाउने देखि लाइनमा सहजीकरण गर्दै आएको तस्करहरुले बताउने गरेका छन ।

पर्सा क्राईमले अहिले तस्करीको लाईन दिएपछि वीरगन्ज महानगरपालिकाको ईनर्वा गाँउ , मुख्य भन्सार , छपकैया , अलौ , कोनिया , अमरपट्टी , झौवा , प्रसौनीभाट्टा , धोरे , सिक्टा भिस्वा , जानकीटोला नाकाबाट व्यापक तस्करी सुरु भएको छ ।

ईनर्वा गाँउबाट महिला पोकेहरुको अटो रिक्सा सेटिङ्गमा भारतीय सटिङ्ग सुटिङ्गको कपडा , रेडिमेड कुर्ता सुरुवाल ,थानको कपडाको तस्करी गरी वीरगन्जको ट्रान्सपोर्टहरुमा पुग्ने गरेको छ ।

यस्तै मुख्य भन्सार भएर अटो रिक्सा सेटिङ्गमा कपडा ,हार्डवेयर , काजुकिसमिसको तस्करी भईरहेको छ । त्यस्तै छपकैया नाकाबाट रातिको समयमा लचका घाटबाट कपडा , काजुकिसमिस लगायतको समानहरुको मोटरसाईकल र अटोरिक्साको माध्यमबाट तस्करी भईरहेको छ ।

अलौ नाकाबाट खाद्यान्न , काजुकिसमिस , कबाड लगायतको समानहरुको तस्करी हुदै आएको स्थानीयहरुले जनाएका छन ।

यति मात्र होईन अमरपट्टी र झौवा नाकाबाट भारतीय कुखुराको चल्ला , माछा , भैसी र किराना समाग्रीको तस्करी भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय क्राईम शाखाका ईन्चार्ज बरिष्ठ सई पण्डितले आफै यी विभिन्न नाकाहरुबाट अवैध कारोबार गर्ने तस्करहरु संग क्राईम शाखामा प्रत्यक्ष भेटघाट गरी महिनावारी रकमको मोलमोलाई गरी लाईन दिएको एक जना तस्करले नाम नछाप्ने शर्तमा बताए ।

बरिष्ठ सई पण्डितले जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेका चौकी ईन्चार्जहरुको माध्यमबाट समेत तस्करहरु संग रकम असुल गरीरहेका छन ।

यस सन्दर्भमा पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले जिल्ला भित्र अवैध रुपमा भईरहेको चोरी पैठारी नियन्त्रणमा ध्यान दिन जिल्ला मातहतका चौकीलाई स्पष्ट निर्देशन दिएको बताए ।

प्रहरी प्रमुख मिश्रले अपराध अनुसन्धान र चोरी पैठारी नियन्त्रण गर्ने प्रमुख दायित्व रहेको बताएपनि त्यो पूरा हुन् सकेको छैन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय