
वीरगन्ज , २० बैशाख । नेकपा एमाले निकट युथ फोर्स पर्साले शनिबार आयोजना गरेको कार्यक्रममा ५६ जना रक्तदान गरेका छन । वीरगन्जको छपकैया क्लबमा आयोजना भएको कार्यक्रममा नसिम अख्तर , डा. जमिल अख्तर , मित्रदेव यादव सहित ५६ जनाले रक्तदान गरेका हुन् । युथ फोर्स पर्साका अध्यक्ष नसिम अख्तरको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन नेकपा एमाले पर्साका उपाध्यक्ष मनोज गुप्ताले गरेका थिए ।
कार्यक्रममा बोल्दै गुप्ताले पछिल्लो समयमा अत्याधिक गर्मी बढेपछि रगतको अभाव भएको भन्दै रक्तदान कार्यक्रमको आयोजना गर्नु युवाहरुको काम सराहनीय रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले पर्साका सचिव महेश दास , युवा नेता इमरान आलम ,युवा संघ पर्साका इन्चार्ज रवी गुप्ता ,जिल्ला अध्यक्ष सुबास साह , कोषाध्यक्ष मुकेश यादव ,वडा अध्यक्ष बैजु स्वर्णकार सहितका नेताहरुको सहभागिता रहेको थियो ।