वीरगन्ज,१९ चैत / गत चैत महिनामा अधिवेशनबाट सम्पन्न भएको नेकपा एमाले बारा अन्तर्गतको विभिन्न चार वटा पालिका कमिटि अवैध रहेको भन्दै मधेश प्रदेश कमिटिलाई केन्द्रिय कमिटिले जनाएको छ । नेकपा एमाले बाराको परवानीपुर गाँउपालिका , प्रसौनी गाँउपालिका ,भेटा गाँउपालिका र कलैया उपमहानगरपालिका कमिटि महिला पदाधिकारी बिना नै चयन भएपछि अवैध रहेको केन्द्रिय कमिटिले जनाएको हो । प्रतिनिधिहरुको ईच्छा विपरित विद्यानलाई लत्याउँदै हतार हतारमा घोषणा भएको पालिका कमिटिमा महिला पदाधिकारी नभएपछि अवैध रहेको संगठन विभागका प्रमुख.काशीनाथ अधिकारीले जारी गरेको पत्रमा उल्लेख छ । पालिका कमिटिको पदाधिकारीमा महिलाको अनिवार्य रुपमा उपस्थिति हुनुपर्ने भएपनि त्यसअनुसार नभएको भन्दै केन्द्रिय कमिटिमा उजुरी परेको भन्दै बैशाख १५ मा प्रदेश कमिटिलाई यसबारेमा जानकारी गराईएको डा. अधिकारीले बताए । पदाधिकारीमा महिला बिहिन कमिटि वैधानिक हुन नसक्ने भएकोले सो कमिटिको सपथग्रहण पनि हुन नसक्ने उनले जारी गरेको पत्रमा उल्लेख छ । पाटी विद्यानको धारा ६२ मा भएका व्यवस्थाको भाव र मर्म अनुसार पार्टीका कुनैपनि कमिटिमा महिलालाई एक तिहाई उपस्थिति अनिवार्य गरीएको उनले बताए । यस्तै पदाधिकारीमा एक जना महिलाको उपस्थिति गराएर मात्र कमिटिको काम कारवाही अगाडी बढाउन निर्देशन दिएका छन ।

गुटबन्दी कै कारण अवैध कमिटी बिस्तार हुदै

पछिल्लो समयमा नेकपा एमालेमा गुटबन्दी खुल्ला रूपमा दुई धारामा देखिएको छ । यो गुटबन्दी केन्द्र देखि जिल्ला सम्म पनि पुगीसकेको एमालेकै नेता कार्यकर्ता बताउँने गरेका छन । पार्टीमा आफ्नो पक्षका कार्यकर्तालाई कमिटीमा ल्याउने बिधानलाई नेताहरू लत्याउने गरेको बाराको कमिटी निर्माणमा देखिएको छ । एमालेका पोलिटब्युरोकै उपस्थिति निर्माण हुदै आएको कमिटी अबैध रहेको संगठन बिभागले नै पुस्टि गरेको छ । बिद्यान बुझ्ने नेताहरु भर्खरैका कार्यकर्तालाई अगाडी बढाउन यस्ता गतिविधिमा सहभागी भएको कार्यकर्ताहरुले बताउने गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय