वीरगन्ज ,१९ बैशाख / नेकपा एमाले निकट अनेरास्ववियु वीरगन्ज महानगर कमिटिले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्राको विहीवार शंकास्पद मृत्यु भएको भन्दै छानबिनको माग राख्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । वीरगञ्जकी १९ बर्षीय छात्रा प्रिसा साह छात्राबासस्थित आफ्नै कोठामा मृत भेटिएपछि उचित छानबिनको माग राख्दै ज्ञापनपत्र बुझाईएको अनेरास्ववियु महानगरपालिका कमिटिका अध्यक्ष आसिफ अहमदले जानकारी दिए । ज्ञापनपत्र बुझाउने टोलीमा अनेरास्ववियुका केन्द्रिय सदस्य रेयाज अंसारी , एमालेका नेताहरु सन्दिप बस्नेत , सुजित मण्डल , अमन पटेल, सागर तामाड , राजु साह लगायतको सहभागीता रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय