वीरगन्ज / सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रिय र जिल्ला स्तरका करिब ३० जना नेताहरु जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।
शुक्रबार उनीहरुलाई बाराको सिमराको अर्गानिक रिसोर्टमा एक कार्यक्रमको बिचमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन ।
पार्टी प्रवेश गर्नेमा जनमत पार्टीका राजनितिक एवं केन्द्रिय समिति सदस्य शशिकपुर मियाँ , केन्द्रिय सदस्य सुधीरनाथ पाण्डे , केन्द्रिय सदस्य करिमा बेगम र सबु खातुन लगायतका रहेका छन ।
जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादवका अनुसार गत ०६४ सालमा उपेन्द्र यादवको नेतृत्वको तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट राजनितिक यात्रा थालेका जनमत पार्टीका केन्द्रिय नेताहरुले मधेश केन्द्रित दलमै आवद्ध रहेका थिए ।
उनीहरु अन्नत मधेश कै हकअधिकारका लागी लड्ने पार्टीको रुपमा स्थापित रहेको जनता समाजवादी पार्टी नेपालमा आवद्ध भएर राजनितिक यात्रा अगाडी बढाउन थालेको बताए ।
उनका अनुसार जनमत पार्टीका मुस्लिम विभाग केन्द्रिय अध्यक्ष समेत रहेका शशिकपुर मियाँ ०६४ सालमा तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष थिए । उनी मधेश आन्दोलनको चर्चित नेताको रुपमा पनि परिचित रहेका छन ।
उनी ०७४ सम्म राष्ट्रिय जनता पार्टीमा रहेका थिए । भने त्यसपश्चात उनी केहि समय स्वतन्त्र भएर करिब डेढ बर्ष अगाडी जनमत पार्टीमा प्रवेश गरेका थिए ।
यस्तै तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट राजनितिक यात्रा थालेकी पूर्वकृषि राज्यमन्त्री करिमा बेगमले करिब डेढ बर्ष पछि पुन पार्टी मै फर्किेएकी छन ।

उनी बिहिबार काठमांडौ मै जनमत पार्टीको केन्द्रिय सदस्य परित्याग गरेर जनता समाजवादी पार्टी नेपालमा फर्केकी हुन ।
उी ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट पर्सा १ मा निर्वाचित बेगमलाई पार्टीले टिकट नदिएपछि ०७९ सालको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ को (ख)मा स्वतन्त्रबाट रूपमा उम्मेदवारी दर्ता गराएकी थिए ।
उनी त्यसअघि ०७४ सालमा समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य पद पनि थिईन् । त्यसको केहि महिनामा उनी जनमत पार्टी प्रवेश गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय