
वीरगन्ज ,११ चैत । वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (युनियन) अनेरास्ववियुले निरन्तर आफ्नो दबदबा कायम गर्दै आएको छ ।
यसअघि ०७९ सालको स्ववियु निर्वाचनमा प्यानल सहित केही बर्षपछी कमब्याक गरेको अनेरास्ववियुले यसपटकको निर्वाचनमा बिरासत गुम्न नदिने गरि रणनीति बनाएको थियो । सोही रणनीति अनुसार अन्ततः अनेरास्ववियुले प्रत्यक्षमा सचिव बाहेक सबै पदमा बहुमत सदस्य सहित निर्वाचित भएको छ ।
विद्यार्थीहरु अनुसार नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियुको तर्फबाट नेतृत्व गर्न योग्य उम्मेदवार धेरै थिए । तर उनीहरु ब्यक्तिगत पदको स्वार्थमा हैन कि यसपटकको निर्वाचनमा अनेरास्ववियु जिताउनका लागि ब्यक्तिगत त्याग गरेर निर्वाचनमा होमिएका थिए ।
जसको पहिलो नम्बरमा स्ववियु निर्वाचनमा उम्मेदवार बन्न योग्य र नेतृत्व गर्ने क्षमता भएकी बिएनएस दोस्रो बर्षमा अध्ययनरत योगीता भट्टले ब्यक्तिगत रूपमा पद त्याग गर्दै अगाडि बढेकी थिइन् ।
उनलाई उम्मेदवार बन्नका लागि पटकपटक अगाडी बढनका लागि अगाडि सारिएको थियो । तर उनले आफू भन्दा राम्रो उम्मेदवार अगाडि सारेर यसपटक अनेरास्ववियुलाई जिताउनमा सक्रिय भइन ।
विद्यार्थीहरुका अनुसार उनी आफ्नो ब्यक्तिगत पद पाउने लोभ त्याग गरेर आफू भन्दा कनिष्ठ बहिनीलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएका थिइन् । उनले स्ववियु निर्वाचनमा कनिष्ठ बहिनीलाई अगाडि सारेर अनेरास्ववियुको नेतृत्व गर्ने लक्ष्य राखेको सुनाउने गरेकि छन । उनका अनुसार निर्वाचनमा आफू ब्यक्तिगत रूपमा जित्नु भन्दा आफ्नो संगठनलाई नेतृत्व गरेर जिताउने मुख्य लक्ष्य राखेको त्यो पुरा पनि भएको अवस्था छ ।
उनको क्याम्पसमा भएको दिनरातको मेहनत र संगठन बिस्तारले आजको दिनमा (अनेरास्ववियु ) ले लगातार सफलता पाईरहेको छ । निर्वाचनमा भएको विभिन्न बाधा अवरोधका बिचमा हार नमानी संगठनको दबदबा कायम गरेको नेतृको रुपमा चर्चा हुन थालेको छ । उनलाई यो जितमा सफलता दिलाउन स्ववियु सभापति मनिषा चौधरी , नेतृहरु मुना राउत,भावना भण्डारी ,कल्पना बस्याल सहितका विद्यार्थी नेताहरुले साथ दिएका थिए ।
शनिबार सार्वजनिक भएको मतपरिणाम अनुसार वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी उम्मेदवार आर्जु राय विजयी भएकी छिन् । रायले १०३ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी दियान्सु श्रेष्ठले ९५ मत प्राप्त गरिन् ।
यस्तै, अखिल क्रान्तिकारीबाट सभापतिकी उम्मेदवार कविता आचार्यले भने ७२ मत प्राप्त गरिन् । यस्तै, सचिवमा नेविसंघकी मन्दिरा चिमोरिया विजयी भएकी छन् । चिमोरिया १०४ मत ल्याएर विजयी भएकी हुन् ।
उनकी निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी शीलाकुमारी चौहानले ९६ मत प्राप्त गरिन् भने अखिल क्रान्तिकारीकी सचिवकी उम्मेदवार सरस्वती श्रेष्ठले ६६ मत प्राप्त गरिन् । कोषाध्यक्षमा अनेरास्ववियुकी आसिका पौड्याल ११५ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेविसंघकी रमिताकुमारी साहले ८५ मत पाइन् । अखिल क्रान्तिकारीका तर्फबाट कोषाध्यक्षकी उम्मेदवार अन्जु सुनारले भने ६९ मत मात्रै पाइन् ।
यस्तै, प्रत्यक्षतर्फका पाँच सदस्यमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । प्रत्यक्षतर्फका सदस्यहरूमा अनेरास्ववियुका यशोदा विष्ट, सुनिता श्रेष्ठ, विशेषता शाही ठकुरी, प्रदिल घिसिङ र चाँदनी यादव विजयी भएका छन् । वीरगन्ज नर्सिङ क्याम्पसमा गत मंगलबार भएको निर्वाचनमा कुल २७३ मतमध्ये २७२ मत खसेको थियो ।