
वीरगन्ज,१० चैत / वीरगन्ज महानगरपालिका २६ अठराहा सुगौली निवासी हिरा अंसारी एकिकृत समाजवादी पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन ।
०७९ सालको स्थानीयतहको निर्वाचनमा एकिकृत समाजवादी पार्टीबाट वडाअध्यक्ष पदमा निर्वाचन लडेका अंसारी शनिबार एमालेमा प्रवेश गरेका छन ।
स्थानीयतहको निर्वाचनमा केही मतान्तरले पराजित भएका अंसारी दलबलका साथ एमालेमा प्रवेशका गरेका हुन ।
वीरगन्जमा भएको तीन महिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा अंसारी सहित ५० भन्दा बढि स्थानीयहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टिमा स्वागत गरेका थिए ।
अंसारी संगै श्रीलाल साह , हिमान्चल पटेल ,रामबाबु सिंह , समसुल मियाँ सहित ५० भन्दा बढि स्थानीयहरुलाई नेकपा एमाले प्रवेश गरेका हुन । अंसारी स्थानीयतहको निर्वाचनमा वडाअध्यक्ष पदमा निर्वाचन लडेर ४९९ मत पाएर दोस्रो स्थान हासिल गरेका थिए ।