वीरगन्ज / मधेस प्रदेशका पुर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीका स्वकीय सचिव दीपक यादवले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मधेसका पुर्व मुख्यमन्त्री राउतसँग केही समयदेखि असन्तुष्ट बनेका यादवलाई जसपाका उपमहासचिव प्रदीप यादवले शुक्रबार पार्टी प्रवेश गराएका हुन् ।
नेपाल सरकारका खानेपानी मन्त्री समेत रहेका प्रदीपले गृह जिल्लामा रहेको समयमा जनता समाजवादी पार्टी नेपालका असन्तुष्ट नेता कार्यकर्तालाई आफ्नो पार्टीमा भित्र्याउन थालेका छन् ।
स्रोतका अनुसार जनता समाजवादी पार्टी नेपालका महासचिव समेतका लालबाबुले एक वर्ष अगाडि स्वकीय सचिवबाट यादवलाई हटाएपछि उनी असन्तुष्ट थिए।लालबाबु राउत मुख्यमन्त्री हुँदासम्म यादव स्वकीय सचिवको पुर्ण रूपमा जिम्मेवारी सम्हालेका थिए ।