वीरगन्ज , १० चैत / नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) ले वीरगन्ज नर्सिङ्ग क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) निर्वाचनमा लगातार दोस्रो पटक जित निकालेको छ ।
गत चैत ५ मा सम्पन्न भएको स्ववियु निर्वाचनको नतिजा शनिबार सार्वजनिक भएपछि नतिजा अनुसार वीरगन्ज नर्सिङ्ग क्याम्पसको सभापति सहितका पदाधिकारी र सदस्यहरुमा (अनेरास्ववियु ) ले जित निकालेको हो ।
वीरगन्ज नर्सिङ्ग क्याम्पसको (स्ववियु ) निर्वाचनमा एक दुई वटा निर्वाचन बाहेक यो भन्दा अगाडी पनि अनेरास्ववियु लगातार जित दर्ज गरेको ईतिहास पनि छ ।
यो जितमा वीरगन्ज नर्सिङ्ग क्याम्पसको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) को क्याम्पसको कमिटि कि अध्यक्ष मालती बस्नेतको नेतृत्वमा लगातार दोस्रो पटक जित भएको छ ।
विद्यार्थीहरुका अनुसार गत ०७९ र हाल ०८१ को स्ववियु निर्वाचनमा लगातार भएको जितले मालतीले संगठनको अध्यक्षको हैसियतले कुशल नेतृको रुपमा छवि बनाएकी छन ।
उनको क्याम्पसमा भएको दिनरातको मेहनत र संगठन बिस्तारले आजको दिनमा (अनेरास्ववियु ) ले लगातार सफलता पाईरहेको विद्यार्थीहरुले जनाएका छन ।
दुई निर्वाचनमा भएको विभिन्न बाधा अवरोधका बिचमा अध्यक्ष मालतीले हार नमानी संगठनको दबदबा कायम गरेका सफल नेतृको रुपमा चर्चा हुन थालेको छ । उनलाई यो जितमा सफलता दिलाउन स्ववियु सभापति मनिषा चौधरी , नेतृहरु मुना राउत,योगीता भट्ट , भावना भण्डारी सहितका विद्यार्थी नेताहरुले साथ दिएका थिए ।

शनिबार सार्वजनिक भएको मतपरिणाम अनुसार वीरगन्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी उम्मेदवार आर्जु राय विजयी भएकी छिन् । रायले १०३ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी दियान्सु श्रेष्ठले ९५ मत प्राप्त गरिन् ।
यस्तै, अखिल क्रान्तिकारीबाट सभापतिकी उम्मेदवार कविता आचार्यले भने ७२ मत प्राप्त गरिन् । यस्तै, सचिवमा नेविसंघकी मन्दिरा चिमोरिया विजयी भएकी छन् । चिमोरिया १०४ मत ल्याएर विजयी भएकी हुन् ।
उनकी निकटतम प्रतिस्पर्धी अनेरास्ववियुकी शीलाकुमारी चौहानले ९६ मत प्राप्त गरिन् भने अखिल क्रान्तिकारीकी सचिवकी उम्मेदवार सरस्वती श्रेष्ठले ६६ मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकी आसिका पौड्याल ११५ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेविसंघकी रमिताकुमारी साहले ८५ मत पाइन् । अखिल क्रान्तिकारीका तर्फबाट कोषाध्यक्षकी उम्मेदवार अन्जु सुनारले भने ६९ मत मात्रै पाइन् ।
यस्तै, प्रत्यक्षतर्फका पाँच सदस्यमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् । प्रत्यक्षतर्फका सदस्यहरूमा अनेरास्ववियुका यशोदा विष्ट, सुनिता श्रेष्ठ, विशेषता शाही ठकुरी, प्रदिल घिसिङ र चाँदनी यादव विजयी भएका छन् ।
वीरगन्ज नर्सिङ क्याम्पसमा गत मंगलबार भएको निर्वाचनमा कुल २७३ मतमध्ये २७२ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय