वीरगन्ज ,३ चैत / वीरगन्ज नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार आर्जु रायको नाम जित्ने उम्मेदवारको रुपमा चर्चामा रहेको छ ।

सभापतिका उम्मेदवार रायले दिनरात क्याम्पसमा विद्यार्थीको समस्यामा र सुखदुखमा समय बिताउने भएकाले यसपटक चुनाव जित्ने दावि गरीरहेकी छन ।

चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि उम्मेदवारी दर्ताको काम सकिएपछि उम्मेदवारहरुले प्रचारप्रसार तिव्र बनाएका छन ।

क्याम्पसमा यसपटकको निर्वाचन पनि अनेरास्ववियु नै जितेर बाँकी रहेको काम पुरा गर्ने योजना रहेको रायले बताएकी छन । क्याम्पसमा रहेको विभिन्न समस्या अधिकांश मात्रमा सुधार भएको र बाकी रहेको समस्यालाई समाधान गर्न आफुले उम्मेदवारी दिएकी बताएकी छन ।

चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि वीरगन्ज नर्सिङ क्याम्पसमा नेविसंघ ,अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) गरी ३ संगठन चुनावी प्रतिस्पर्धामा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय