ठाकुरराम बहुमुखी क्याम्पस पर्साको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा एमालेनिकट अनेरास्ववियुका उम्मेदवार पवन यादवको जित्ने उम्मेदवारको रुपमा चर्चामा रहेको छ ।

सभापतिका उम्मेदवार यादवले दिनरात क्याम्पसमा विद्यार्थीको समस्यामा र सुखदुखमा समय बिताउने यादवले यसपटक चुनाव जित्ने दावि गरीरहेका छन ।

उनले चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि उम्मेदवारी दर्ताको काम सकिएपछि उम्मेदवार प्रचारप्रसार तिव्र बनाएका छन ।

सभापति पदमा ठाकुरराम क्याम्पसमा १४ जनाको उम्मेदवारी परेको छ । यही पद हत्याउनका लागि क्याम्पसका विद्यार्थी नेता र विद्यार्थीहरु तिब्र रुपमा चुनावी तयारीमा लागेका छन् ।स्ववियु चुनावको घोषणा भएसँगै संगठनहरुले आन्तरीक छलफलसंगै चुनावी घोषना पत्र तयारी र प्रचारप्रसारमा होमिएका छन् ।

दिनरात विद्यार्थीहरूको राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका अनेरास्वबियु पर्सा सचिव यादव लोकप्रिय विद्यार्थी नेता हुन् । उनी अनेरास्ववियु पर्सा कमिटी सचिव समेत रहेका छ्न ।

उम्मेदवार भएसंगै यादवले  समयमा विद्यार्थीको भर्ना, परीक्षा सञ्चालन र नतीजा प्रकाशनमा क्यापसले ढिलासुस्ती गर्दा विद्यार्थीको भविष्यमा आँच पुग्दै आएको विषयलाई निर्वाचनको मुद्दा बनाएको आफू सभापतिको उम्मेदवार भएको बताउँछन्। “क्यालेन्डर अनुसार शैक्षिक गतिविधि सञ्चालन नगर्नेलाई दण्ड र सजायको व्यवस्था गर्ने कुरालाई जोड दिनेछौं‚” उनी भन्छन्, “शिक्षालाई उद्यम र सीपसँग जोड्ने, प्रविधिमैत्री बनाउने कुरा हाम्रो मुख्य अजेन्डा रहेको छ । शिक्षालाई सर्वसुलभ र सहज बनाउने गरी अगाडि बढ्छु उनले बताए ।”

यस्तै क्याम्पसको पुस्तकालयमा समेत सबै विद्यार्थीहरुको पहुँचमा नभएको उल्लेख गर्दै उनले पुस्तकालयलाई डिजिटल प्रविधिमार्फत विद्यार्थीको पहुँचमा पुर्याउने , क्याम्पसका परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पर्ने, नियमित कक्षा सञ्चालन,प्राध्यापकहरुको नियमित उपस्थिती लगायतका विषय आफ्नो सोच रहेको यादवले बताए  ।

ठाकुरराम क्याम्पसको स्ववियु सभापतिमा १४ जनाको उम्मेदवारी परेपनि खासगरी तीनजनाबिच कडा प्रतिस्पर्धा हुने विद्यार्थीहरु नेताहरुको आंकलन छ । कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) को किल्ला मानिने ठाकुरराम बहुमुखी क्याम्पसमा सभापति पदका लागि नेविसंघका विकास कुमार मण्डल धानुक, अनेरास्ववियुबाट पवन यादव, अनेरास्ववियु (क्रान्तिकारी) का अनिष पटेल, समाजवादी विद्यार्थी युनियनबाट हरिकिशोर यादव, समाजवादी विद्यार्थी युनियन नेपालबाट सगीर अलीले उम्मेदवारी दिएका छन् ।

यसैगरी जय नेपाल विद्यार्थी संघबाट राजु गुप्ता, दिलिप राज महतो स्वतन्त्र विद्यार्थी युनियनबाट दिलिपराज महतो, नेपाल विद्यार्थी समुहबाट राजकुमार यादव, स्वतन्त्र युवा समुहबाट श्याम प्रसाद गुप्ता, नेपाल विद्यार्थी कल्याण समुह धर्मेन्द्र साह कानु, राष्टिय विद्यार्थी संघबाट सुधांशु चौरसिया, भोट फर चेन्ज स्वतन्त्र विद्यार्थी युनियनबाट सिकेन्द्र यादवले उम्मेदवारी दिए ।

यस्तै सुधिर पटेल समुहबाट कमलेश यादव र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट दपेश कुमार साह समेतले सभापति पदमा उम्मेदवारी दर्ज गराएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय