
वीरगन्ज,२१ फागुन / नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु )ले स्ववियु निर्वाचनमा चुनाव लड्ने उम्मेदवारको नाम टुंगो लगाएको छ ।
अगामी चैत ५ हुने निर्वाचनका लागी अनेरास्ववियु ठाकुर राम बहुमुखी क्याम्पस कमिटिले स्ववियु निर्वाचनमा भाग लिने पदाधिकारीहरुको नाम टुंगो लगाएको हो ।
क्याम्पस कमिटिको निर्णय अनुसार स्ववियु सभापतिमा पवन यादव , सचिवमा अरमान आलम र कोषाध्यक्षमा अच्छेलाल कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै स्ववियु सदस्यका प्रत्यक्ष र समानुपातिका उम्मेदवारको नाम केही दिनमा टुंगो लगाउने जनाएको छ ।