
वीरगञ्ज, १६ फागुन / वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ कुम्हाल टोलस्थित रहेको स्टार यूरो किड्सको ११ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । स्टार यूरो किड्सकी सञ्चालिका सानु राणाको प्रमुख आतिथ्यतामा सो वार्षिकोत्सव सम्पन्न भएको हो ।
पिजीदेखि यूकेजी कक्षासम्म रहेको स्टार यूरो किड्सको वार्षिकोत्सवको उद्घाटन सञ्चालिका राणाले पानसमा दिप बालेर गरेकी थिईन । कार्यक्रममा पिजी कक्षाका बच्चाहरुले “जुन त लाग्यो ताराले मन लाग्यो माया” लगायतका बोलको गितमा नृत्य गरेका थिए भने नर्सरी र यूकेजीका बच्चाहरुले “कुटुमा कुट सुपारी दाना” लगायत गितमा प्रस्तुती दिएका थिए ।
कार्यक्रममा स्टार यूरो किड्सकी सञ्चालिका सानु राणाले अब आउने वर्षमा यस विद्यालयको कक्षा स्तरोन्नती गर्दै जाने योजना रहेको जानकारी दिनुभयो । उहाँले विभिन्न विद्यालयहरु भन्दा यस विद्यालयको शैक्षिकस्तर फरक बनाउने तयारीमा जुटेको समेत सुनाउनु भयो ।
कार्यक्रममा लिटिल स्टार मन्टेसरीकी सञ्चालिका सुधा तिवारी, सूर्योदय सेकेन्ड्र स्कूलकी शिक्षा यादव, एजु केयर मन्टेसरीकी मौसमी राणा, वीरगञ्ज मन्टेसरीकी प्रिंयका गुप्ता र बागेश्वरी एकेडेमीकी पुजिता कुमारी धमला लगायतको विशेष उपस्थिती रहेको कार्यक्रमकी सञ्चालिका स्मृति क्षेत्री जानकारी दिईन ।