
वीरगन्ज । नेकपा एमाले मधेश प्रदेश कमिटिले पर्साका प्रदेश कमिटि सदस्यहरुलाई पालिका र क्षेत्रिय कमितिको ईन्चार्जको जिम्मेवारी तोकेको छ । जिम्मेवारी पाएका पर्साका १४ पालिका र प्रदेश सभा क्षेत्रका ईन्चार्जहरुलाई पत्र हस्तानान्तरण गरीएको छ । उनीहरुलाई एमाले मधेश प्रदेशका उपाध्यक्ष विचारी यादवले एक कार्यक्रमका बिच जिम्मेवारी पत्र हस्तानान्तरण गरेका हुन । उनले जिम्मेवारी पत्र हस्तानान्तर गर्दै लगनशील भएर पाएको जिम्मेवारी पुरा गर्न निर्देशन दिदै कार्यकाल सफलताको शुभकामना दिएका थिए । बिभिन्न पालिका र क्षेत्रको ईन्र्चाजको जिम्मेवारी पाएका नेताहरुलाई कार्य बिभाजन बाड्भाड तथा जिम्मेवारी तोकिएको पत्र बितरण गरिएको थियो ।
सो अवसरमा पर्सा क्षेत्र नम्बर १ को क को ईन्र्चाजको जिम्मेवारी पाएका रामबाबु सिंह, ख को ईन्र्चाजको जिम्मेवारी पाएका रन्जु फुयाल, पर्सा क्षेत्र नम्बर २ को क ईन्र्चाजको जिम्मेवारी पाएका गोकर्ण पाठक,ख को जिम्मेवारी पाएका उषमान अंसारी,पर्सा क्षेत्र नम्बर ३ को क को ईन्र्चाजको जिम्मेवारी पाएका मन्जुर अंसारी, ख को ईन्र्चाजको जिम्मेवारी पाएका प्रद्युम्न चौहान, पर्सा क्षेत्र नम्बर ४ को क ईन्र्चाजको जिम्मेवारी पाएका जयप्रकाश थारु, ख को ईन्र्चाजको जिम्मेवारी पाएका हरिन्द्र हजरा लाई प्रमाणपत्र बितरण तथा कार्य बिभाजनको जिम्मेवारी दिइएको थियो ।
यसैगरी सोही कार्यक्रममा पालिकाको जिम्मेवारी पाएका ईन्र्चाजहरुलाई पनि जिम्मेवारी तोकिएको पत्र बितरण तथा कार्य बिभाजन तोकिएको थियो । कार्यक्रममा ठोरी गाँउपालिकाको ईन्र्चाजको जिम्मेवारी पाएका अनिल हजरा,संखुवा प्रसौनी गाँउपालिकाको ईन्र्चाजको जिम्मेवारी पाएका बासुदेव यादव,जिरा भवानी गाँउपालिको ईन्र्चाजको जिम्मेवारी पाएका बालेश्वर थारु, जगरनाथपुर गाँउपालिकाको ईन्र्चाजको जिम्मेवारी पाएका बिरेन्द्र यादव,पटेर्वा सुगौली गाँउपालिका ईन्र्चाजको ईन्र्चाजको जिम्मेवारी पाएकि मन्तुरा चौधरी,पर्सागढी नगरपालिकाको ईन्र्चाजको जिम्मेवारी पाएका धुरुप साह,बहुदरमाई नगरपालिकाको ईनर्चाजको जिम्मेवारी पाएकि सुष्मा कुशवाहा,धोबिनी गाँउपालिको ईन्र्चाजको जिम्मेवारी पाएका सलाहुदिन अहमद,बिन्दवासिनी गाँउपालिकाको ईन्र्चाजको जिम्मेवारी पाएका मेघराज पासवान,पकाहामैनपुर गाँउपालिकाको ईन्र्चाजको जिम्मेवारी पाएका बिजय चौरसियालाई प्रमाण पत्र सहित कार्य बिभाजन तोकिएको छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य अरविन्द सिंह , प्रहलाद गीरि , वडाअध्यक्ष पराग सिंह , विजय पटेल , जितेन्द्र यादव ,युवा नेता बिक्की सिंह सहितका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।