
वीरगन्ज । राष्ट्रिय युवा संघ नेपाल पर्साको ८ औ जिल्ला सम्मेलनले युथ फोर्स प्रमुखमा नवनिर्वाचित नसिम अख्तरलाई आज एक कार्यक्रमका बिच सम्मान गरीएको छ । वीरगन्ज महानगरपालिका ३ छपकैया निवासी युथ फोर्स प्रमुखमा नवनिर्वाचित अख्तरलाई वडा कार्यालयले गम्छा लगाएर सम्मान गरेको हो । सम्मान कार्यालयमा वडा अध्यक्ष बैजु स्वर्णकार , सदस्य संगीता दास , ईबने अलि लगायतकाको सहभागीता रहेको थियो ।