वीरगन्ज । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल पर्साको आठौ जिल्ला अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको २४ घण्टा बितिसक्दा पनि नयाँ नेतृत्व चयन हुन सकेको छैन ।

आईतबार उदघाटन सत्र पश्चात सुरु भएको बन्दसत्रमा होहल्ला भएपछि स्थगीत भएको बन्दसत्र अहिलेसम्म सुरु भएको छैन । अध्यक्ष मण्डलले आन्तरिक सहमति गरीरहेकाले बन्दसत्र सुरु हुन नसकेको अध्यक्ष मण्डलका एकजना सदस्यले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष मण्डलका सबै सदस्यहरु आईतबार अबेर राति सम्म नेतृत्व चयन गर्न आन्तरिक छलफल गरेपनि निश्कर्ष निकाल्न नसकेको अवस्था छ ।

सोमबार बिहान ११ बजेसम्म स्थगीत भएको बन्दशत्र अब ४ बजे मात्र सुरु हुने अध्यक्ष मण्डलले जनाएको छ । गाँउ गाँउ बाट आएका युवा संघका प्रतिनिधिहरु नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा भेला भएका छन । पछिल्लो समयमा एमालेका नेताहरुको आसेपासेलाई नेतृत्वमा ल्याउन थालेपछि विवाद चुलिएको छ ।

अहिले जिल्ला अध्यक्षका लागी मुख्य रुपमा दुईजना प्रतिस्पर्धी देखिएका छन । अहिले अध्यक्षका लागी राष्ट्रिय युवा संघका अधिवेशन संयोजक सुबास साह र पुराना युवा संघका नेता दिपेश नेपाल दावि गरेका छन । दुई मुख्य प्रतिस्पर्धी देखिएकाले नेताहरुलाई सर्वसम्मत नेतृत्व चयन गर्न समस्या भएको अवस्था छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय