वीरगन्ज,२२ माघ / परवानीपुर युथ क्लबको आयोजनामा अगामी माघ २६ गतेदेखि संचालन हुन लागेको चौथो परवानीपुर गोल्डकप फुटबल प्रतियागीतामा अनुमति बिना नै सहआयोजकको रुपमा प्रचार गरेकोमा शक्ति युवा क्लबले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

केहि दिन अगाडी आयोजक क्लबले यस प्रतियोगीतामा सहमति बिना नै सह आयोजकको रुपमा शक्ति युवा क्लबलाई राखेर प्रचार गरेकोमा गम्भीर असन्तुष्टि जनाउँदै क्बलको बैठकले असहमति रहेको जनाएको हो ।

मंगलबार बसेको क्लबको बैठकले जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता नरहेको र जिल्ला खेलकुद बिकाश समिति दर्ता भएपनि नविकरण फेल रहेको परवानीयुर युथ क्लबले चौथो परवानीपुर गोल्डकप फुटबल प्रतियागीता आयोजना गरेकाले यसमा कुनैपनि प्रकारको शक्ति युवा क्लब संलग्न नभएको निश्कर्ष निकालेको हो ।

आयोजक क्लबका पदाधिकारीलाई पटक पटक सहआयोजकको रुपमा शक्ति युवा क्लबलाई दुरुपयोग नगर्न भनेपनि वेवास्ता गर्दै आएकाले सहआयोजकको रुपमा राखिएको यस क्लबको नाम नहटाएको खण्डमा कानुनी उपचार खोज्ने बैठकमा निर्णय भएको छ ।

यस्तै क्लबलाई अगाडी बढाउनलाई नियमित रुपमा खेलकुदको गतिविधि र समाजिक कार्यमा पनि सहभागी गराउने निर्णय भएको छ । शक्ति युवा क्लबका अध्यक्ष सुबोध श्रीवास्तवको अध्यक्ष्तामा बसेको बैठकमा बरिष्ठ उपाध्यक्ष संजय मण्डल , उपाध्यक्ष दिपक यादव , हुलास यादव , महासचिव ध्रप प्रसाद साह , कोषाध्यक्ष सोनालाल मण्डल , सल्लाहकार राजमहम्द मियाँ सहितका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय