
oplus_0
वीरगन्ज ,२१ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ आदर्शटोलमा रहेकोे जानकी इङलिस बोर्डिङ स्कुलले आफ्नो ११ औं बार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।
बसन्त पन्चमीकै दिन आज उक्त स्कुलले संस्कृति कार्यक्रमको आयोजना गरेर ११ औं बार्षिक उत्सव मनाएको हो ।
नर्सरी देखि कक्षा ८ सम्म संचालनमा रहेको स्कुलले बर्सेनि नियमित रूपमा बार्षिक उत्सव मनाउने गरेको छ ।
कार्यक्रममा स्कुलका विद्यार्थीहरु विभिन्न गित संगीतमा आफ्नो नृत्य प्रस्तुत गरेका थिए । यस्तै कार्यक्रममा बार्षिक उत्सवको अवसरमा भएको विभिन्न खेलमा प्रथम ,द्वितीय र तेस्रो स्थान हासिल गरेका विद्यार्थीहरु प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
विद्यालयका अध्यक्ष जयकरण यादवको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रोफेसर डा. महेन्द्र गुप्ता प्रमुख अतिथिको रूपमा सहभागी थिए ।
यस्तै स्कुलका प्रधानाध्यापक बिरेन्द्र यादव , सहप्रधानाध्यापक सुनिता यादव , वडा सदस्य संगीता , सफुर्नेशा खातुन ,डा. मनोज यादव ,पत्रकार तिवारी यादव , जगत राई सहितका अतिथिहरु सहभागी थिए ।
कार्यक्रमको सहजीकरण मिशन यादवले गरेका थिए ।