पर्सा प्रहरीले स्रोत खुलाउन नसकेको ६ लाख रुपैयाँ सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगन्जबाट भारत बिहारको रक्सौल १४ का २७ वर्षिय ओमकुमार रौयिारलाई नियन्त्रणमा लिएको हो ।
वीरगन्जको आदर्शनगरबाट रौनियारलाई स्रोत खुलाउन नसकेको ६ लाख रुपैयाँसहित नियन्त्रणमा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
रक्सौलबाट वीरगन्ज आएका रौनियार सवार बीआर ०५ क्यु ४३८४ नम्बरको मोटरसाइकल आदर्शनगरमा प्रहरीले रोकेर चेकजाँच गर्दा मोटरसाइकलको लेगार्डमा झुण्ड्याइएको प्लाष्टिकको बोराबाट रकम बरामद भएको उनले बताए ।
नेपाली ५ सय दरका १ हजार २ सय थान नोट बरामद भएका रकमको रौनियारले स्रोत खुलाउन नसकेपछि बरामद रकम र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक लम्सालले बताए ।
पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने ) कसूरमा थप अनुसन्धान कार्य भईरहेको लम्सालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय