
प्रिय कमरेडहरु अभिवादन ।
म आगामी २३औं राष्ट्रिय सम्मेलनमा सचिव पदका लागि उम्मेदवारी दिन पाउँदा गर्व महसुस गर्दछु। मेरो उद्देश्य संगठनलाई अझ सुदृढ बनाउँदै विद्यार्थीहरूको अधिकार र कल्याणका लागि निरन्तर संघर्ष गर्ने हो।
मेरो दृष्टिकोण र प्रतिबद्धता
१. विद्यार्थीको कल्याण र अधिकारको रक्षास्
विद्यार्थीहरूको समस्यालाई प्राथमिकतामा राख्दै तिनको समाधानका लागि प्रभावकारी कदम उठाउने मेरो अठोट छ।
२. संगठनको सुदृढीकरण
अखिल(क्रान्तिकारी) लाई अझ मजबुत र प्रभावकारी बनाउन पारदर्शी नेतृत्व र लोकतान्त्रिक पद्धतिलाई आत्मसात गर्नेछु।
३. शैक्षिक सुधारको वकालत
गुणस्तरीय शिक्षा सुनिश्चित गर्न र शिक्षामा समान पहुँचका लागि संगठनमार्फत प्रभावकारी पैरवी गर्ने मेरो लक्ष्य छ।
मेरो योग्यता र उपलब्धिहरू
१.शैक्षिक सफलता
म जन(प्रशासन क्याम्पसमा मास्टर्स तह एम।पि।ए। कलेज टपर हुँ। मेरो शैक्षिक सफलता नै मेरो योग्यता र प्रतिबद्धताको प्रमाण हो।
२.सक्रिय विद्यार्थी नेता
मैले विद्यार्थीहरूको हित र कल्याणका लागि निरन्तर आवाज उठाएको छु। कलेज जीवनदेखि नै मैले विद्यार्थीहरूको हकहितका मुद्दालाई प्राथमिकतामा राख्दै तिनको पक्षमा वकालत गर्दै अडान लिएको छु।
३.नेतृत्व अनुभव
म अखिल (क्रान्तिकारी) को ठाकुर राम बहुमुखी क्याम्पस, वीरगञ्जको अध्यक्ष देखि जन(प्रशासन क्याम्पस काठमाडौं सम्म रहँदा उत्कृष्ट रूपमा आफ्नो भूमिका निर्वाह गरेको छु। मेरो नेतृत्वमा संगठनले थुप्रै विद्यार्थी हितका कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको छ।
४.संगठनात्मक क्षमता
मेरो नेतृत्वमा भएका प्रयासहरूले विद्यार्थीहरूको विश्वास जित्न सफल भएको छ। यसले मलाई आगामी सचिवका रूपमा उपयुक्त बनाउँछ।
मेरो प्राथमिकताहरू
नीतिगत सुधारका लागि संघर्षस् शिक्षामा समानता, पहुँच र गुणस्तर सुधारका लागि नीतिगत बहस र पैरवी।
संगठनको सुदृढीकरणस् संगठनका सबै तहमा सहभागिता र समावेशितालाई प्रोत्साहन।
विद्यार्थी अधिकारको रक्षास् विद्यार्थीको आवाजलाई सम्बोधन गर्दै तिनको हकहितका लागि प्रभावकारी कदम।
तपाईंको साथ आवश्यक छ
तपाईंहरूको सहयोग र समर्थनले हामीले साझा लक्ष्यहरू हासिल गर्न सक्नेछौं। म तपाईंहरूको विश्वासलाई कहिल्यै तोड्ने छैन र सचिव पदको जिम्मेवारीलाई इमानदारी र दृढताका साथ निर्वाह गर्नेछु।
संगठनलाई अझ बलियो, एकताबद्ध र प्रभावकारी बनाउने हाम्रो यात्रामा मलाई समर्थन गर्न अनुरोध गर्दछु।
क्रान्ति र एकताको पक्षमा,
अभिषेक राज ठाकुर
सचिव पदका उम्मेदवार
अखिल (क्रान्तिकारी)