वीरगन्ज ,२७ पौष । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ मा निशुल्क आखा शिविर शनिबार सम्पन्न भएको छ । केडिया आँखा अस्पतालको आयोजना स्थानीय अजीज मियाँ माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा आँखासम्बन्धी समस्या भएका व्यक्तिहरूलाई सहज उपचार सेवा प्रदान गर्नु रहेको थियो। शिविरमा करिब ६०० भन्दा बढी व्यक्तिहरूले निःशुल्क आँखा परीक्षण गराएका छन्।

जसमध्ये झन्डै ४०० जनालाई निःशुल्क औषधि वितरण गरिएको छ भने गम्भीर समस्या भएका २५० जनालाई निशुल्क मोतिया बिन्दुको शल्यक्रियाको उपचारका लागि अस्पतालमा सिफारिस गरिएको छ।

शिविरको उदघाटन कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले ) को प्रदेश सदस्य सलाउदिन अहमदले गर्नु भएको थियो । विद्यालयका प्रधानाध्यापक तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो। शिविरमा आएको सेवाग्राहीहरूले यस्तो सेवा स्थानीय स्तरमै उपलब्ध गराइदिएकोमा खुशी व्यक्त गर्दै केडिया आँखा अस्पताललाई धन्यवाद व्यक्त गरेका छन्।

केडिया आँखा अस्पतालका प्रतिनिधिले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। उनीहरूका अनुसार स्वास्थ्य सेवाको पहुँच टाढा–टाढा रहेका समुदायसम्म पुर्याउन यस्तो शिविरले महत्वपूर्ण भूमिका खेल्नेछ। कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सचेतनामा वृद्धि गर्ने तथा आँखाको समस्या समयमै पहिचान गरी उपचार गराउन सहयोग पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय