पर्साबाट नेपाल पत्रकार महासंघको केन्द्र,प्रदेश र जिल्लामा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले सम्मानित गरेको छ।

बुधबार क्लासिक बेंक्वेटमा आयोजित सम्मान तथा शुभकामना कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघले पत्रकार महासंघको केन्द्रीय लेखा संयोजकमा नवनिर्वाचित केसी लामिछाने,मधेस प्रदेश अध्यक्षमा नवनिर्वाचित श्याम बन्जारा,पर्सा अध्यक्षमा नवनिर्वाचित ओमप्रकाश खनाललाई सम्मानित गरेको हो।

यस्तै प्रदेश सचिवमा निर्वाचित दीपक गौतम,पर्सा जिल्ला उपाध्यक्षमा निर्वाचित निलिमा पौडेल,जिल्ला सचिव विजय चौहान,सहसचिवद्वय अजय चौरसिया र एस के चौरसिया,जिल्ला कार्यसमिति सदस्यहरु प्रमोद यादव,राहुल गुप्ता,बलराम शुक्ला,तिवारी यादव,श्याम कुशवाहा,प्रकाश तिवारी,आरोहण साह,प्रदेश पार्षद दिपेन्द्र साह,ग्यासु मिया देवान लगायतलाई पनि सम्मानित गरिएको छ।

कर्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकारहरुलाई गोजी पत्रकारिताको सट्टा खोजी पत्रकारिता गर्न आग्रह गरे।पत्रकार र होटेल तथा पर्यटन ब्यवसायीहरुको पेशागत संरक्षणका लागि आफू साकारात्मक रहेकोपनि उनले बताए ।

होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान,नेपाल प्रहरीका प्रहरी उपरीक्षक कुमोध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,संघका उपाध्यक्ष रचेन्द्र थापा,महासचिव माधव बस्नेत,सचिव सन्दिप बस्नेत , कुबेर कार्की र हिरा श्रेष्ठ लगायतकाको पनि सहभागीता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय