वीरगन्ज,२१ पौष / बाराको परवानीपुर गाँउपालिकामा वडा नम्बर ३ लिपनीमालमा रहेको शुभकामना बचत तथा ऋण सहकारी सस्थाको १५ औ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाबाट अध्यक्षमा मुक्ति साह कानु ,लेखा समिति संयोजकमा दिपनारायण साह र सल्लाहकारमा संजय मण्डल चयन भएका छन ।

शुभकामना बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष आनन्द यादवको अध्यक्ष्तामा भएको कार्यक्रमको उदघाटन परवानीपुर गाँउपालिकाका अध्यक्ष रामक्षत्री कुर्मीले गरेका थिए ।

कार्यक्रममा समाजसेवी एवं शिक्षक बारा जिल्ला बचत तथा ऋण सहकारी सस्था वाराका अध्यक्ष सतेन्द्र ठाकुर, स्थानीय समाजसेवी नथुनी साह रौनियार, परवानीपुर गाउँपालिकाका सहकारी सस्थाका प्रमुख प्रमोद रौनियार लगाएतकाले सस्थाको उन्नति प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

सस्थाले अहिले सम्म ११ करोड ४६ लाख २१ हजार १ सय ७५ रूपैयाँ २८ पैसाको कारोबार गरिरहेको छ । जसमा नगद मौज्दात ७९ हजार २ सय ६२ रूपैयाँ , बैंक मौज्दात ८ लाख ६६ हजार ५८ रूपैयाँ ५४ पैसा , सेयर लगानीमा १० हजार , ऋण सावाँमा बाकी रकम ९ करोड ५२ लाख १२ हजार २३ रूपैयाँ , पाउनु पर्ने बाकी ११ लाख ७४ हजार ३ सय २३ रूपैयाँ , पाउनु पर्ने ब्याज १ करोड ९ लाख १६ हजार ६ सय ६४ रूपैयाँ २० पैसा ,पाउनु पर्ने हर्जाना १ लाख ५५ हजार २ सय ६९ रूपैयाँ र फर्निचर अफिस समान खरिद २ लाख १८ हजार ३ सय ५९ रूपैयाँ १९ पैसा गरि १० करोड ८६ लाख ३२ हजार ६२ रूपैयाँ २९ पैसाको कारोबार गरिएको सस्थाका लेखा समायोजक जंग बहादुर साहले जानकारी गराएका थिए । कार्यक्रमको संचालन सस्थाका सचीव ओम बाबू प्रसाद यादवले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय