वीरगन्ज,२१ पौष
नेकपा (एमाले) बारा काठमाडौ सम्पर्क मन्चले काठमांडौमा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा सम्पर्क मन्त्रका पदाधिकारी र सदस्यहरु गरी २८ जनाले रक्तदान गरेका हुन । नेकपा (एमाले) बारा काठमाडौ सम्पर्क मन्चका अध्यक्ष प्रशान्त यादवको अध्यक्ष्तामा भएको रक्तदान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी नेकपा (एमाले) पोलिटब्युरो सद्स्य एवं प्रतिनिधि सभा सद्स्य माननिय अच्युत प्रसाद मैनाली , ज्वाला कुमारी साह प्रभु हजारा केन्द्रीय नेता बद्री भटराई ज्यु जिल्लाका नेता गोविन्द पौडेल ज्यु , सम्पर्क समन्वय कमिटी सदस्य युवराज क्षेत्री , सदस्य शिव रिजाल ज्यु , मधेश प्रदेश सम्पर्क कमिटी अध्यक्ष प्रविन यादव लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to Parsa Times
Made by Pahilo Drishti