वीरगन्ज,१६ पौष / वीरगन्ज महानगरपालिका २४ रामगढवा निवासी ५४ बर्षीय पोषण राउत कुर्मी जन्मजात दुबै आँखा नभएर जन्मेको यति लामो समय भएपनि पुर्ण अपाङ्गको सुचिमा नराखिएकोमा गुनासो गरेका छन ।
उनको जन्म हुदाँ दुबै आँखा नभएको अवस्था भएपनि पुर्ण अपाङ्गको सुचिमा नराखेर (रातो) कार्ड अहिले सम्म नबनाइएको गुनासो गरेका हुन । आँखा नभएको अवस्थामा पुर्ण अपाङ्गको सुचिमा नराखेर (रातो) कार्ड बनाउनका लागी वीरगन्जका सबैतहका जनप्रतिनिधिलाई गुहारेपनि उनीहरुले वास्ता नगरेको उनको आक्रोश छ ।
महानगरका तत्कालिन नगरप्रमुख विजय सरावगी भएको समयदेखि आफुलाई पुर्ण अपाङ्गको सुचिमा राखेर रातो कार्ड बनाउन भन्दै आएपनि कसैले पनि सुनुवाई नगरेको कुर्मीको दुखेसो छ ।
जन्मदेखि नै आँखा नभएर जन्मेको व्यक्तिलाई पुर्ण अपाङ्गको सुचिमा राखेर (रातो ) कार्ड कुन कानुनले रोकेको हो भन्दै उनले प्रश्न गरेका छन । गत ०७४ सालदेखि नै पुर्ण अपाङ्गको सुचिमा समावेश गरी त्यो अनुसारको सुविधा उपलब्ध गराउनलाई तत्कालिन मुख्यमन्त्री देखि बहालावाला वडालाई गुहार गरेको उनको भनाई छ ।
पुर्ण अपाङ्गको सुचिमा समावेश गरी त्यसअनुसारको सुविधाका लागी सबै पार्टीका जिल्ला देखि पालिका प्रमुख र सांसदलाई जानकारी गराएपनि वास्ता नगरीकोमा उनले दुख व्यक्त गरेका छन ।
साथै उनले अरु जिल्लामा दुबै आँखा नभएको अवस्थामा पुर्ण अपाङ्गको सुचिमा नराखेर (रातो) कार्ड बनाईएको भएपनि यहाँको पालिकामा किन नबनाईएको भन्दै आक्रोश पोखेका छन ।
आँखा नभएको अवस्थामा पुर्ण अपाङ्गको सुचिमा नराखेर (रातो) कार्ड बनाउनलाई पटकपटक कर्मचारीहरुलाई भनेपनि उनीहरुले नबनाएको दुखेको पोखे । उनका अनुसार स्थानीयतह गठन हुनु भन्दा अगाडी साविक गाबिस रामगढवा हुदाँ सुख हुदै आएको भएपनि नगरपालिकामा गाभीएपछि अन्धोलाई दुख हुन थालेको अवस्था छ ।
‘आँखा नभएकै कारण पुर्ण अपाङ्गको सुचिमा नराखेर (रातो) कार्ड बनाउन आग्रह गरीरहेको छु , ‘उनले भने, ‘ मेरो पनि अरु जस्तो आँखा भएको भए यो सुबिधाका पाउनका लागी किन यति गुहार गर्थै , ’कुर्मीले भने ।
अहिले सम्म आँखा नदेखेर पनि बाचिरहेको भन्दै यही कारण घरमा खसेर केही भए त्यसको जिम्मेवारी पनि कसैले नलिने उनले बताए । साथै उनले अहिलेको समयमा नयाँ पुस्ता युवायुवतीहरुले केही घटना भएको केही समयमा अपाङ्गको सुबिधा पाउन थाल्ने र जन्मजातलाई पुर्ण अपाङ्गको सुचिमा नराखेर वेवास्ता गरीएको बताए ।
राष्ट्रिय अपाङ्ग महासंघका अनुसार अशक्तताको गम्भीरताका आधारमा अपाङ्गताको वर्गीकरण गरेको जनाएको छ । यस्तै (१) पूर्ण अशक्त अपाङ्गताः आफ्नो दैनिक क्रियाकलाप सम्पादन गर्न निरन्तर रुपमा अरुको सहयोग लिँदा पनि कठिनाइ हुने अवस्थाको व्यक्ति यसमा समावेश गरेको छ ।
त्यस्तै पूर्ण दृष्टिविहीनः पूर्ण रुपमा उज्यालो वा अँध्यारो छुट्याउन नसक्ने व्यक्तिलाई समावेश गरीएको छ । महासंघका अनुसार दृष्टि सम्बन्धी अपाङ्गताको खण्ड (ग) मा दृष्टि सम्बन्धी देहायको समस्याबाट कुनै व्यक्तिमा कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङ्गको ज्ञान नहुनेलाई उल्लेख गरेको छ ।
वीरगन्ज महानगरपालिका २४ का वडाअध्यक्ष बिजय पटेलले पुर्ण अपाङ्गको सुचिमा राख्न पटक पटक नगरपालिकामा पत्राचार गरेपनि रातो कार्ड नबनेको बताए । उनको आँखा नभएको भन्दै रातो कार्ड बनाउन प्रयास गरेको तर नबनेकाले आफुले पनि थाकेको उनले बताए । रातो कार्ड नबेसम्म उनले अपाङ्गको भता पनि अहिले सम्म बुझ्न नमानेको वडा अध्यक्ष पटेलले बताए ।
महानगरपालिकाका एक कर्मचारीका अनुसार आँखा नभएको व्यक्तिलाई पुर्ण अपाङ्ग भन्न मिलेपनि त्यसता व्यक्तिलाई कानुनले पुर्ण अपाङ्गको सुचिमा रातो कार्ड उपलब्ध नगराउने स्पष्ट व्यवस्था गरेको बताए । उनले यस्ता व्यक्तिलाई व्यवहारिक रुपमा पुर्ण अपाङ्ग भनेपनि कानुन अनुसार पुर्ण अपाङ्गको सुविधा दिन नमिल्ने भएकाले नबनाईएको बताए ।