वीरगन्ज ।नारायणी अस्पतालले अस्पतालका औजार तथा उपकरणहरूको मर्मत सम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरेको छ ।  बिहिबार भएको सम्झौताले अस्पतालमा रहेको चिकित्सा उपकरणहरूको समयमै मर्मत सम्भार सुनिश्चित गरी सेवाको गुणस्तर सुधार गर्ने अपेक्षा लिएको अस्पताल बिकाश समितिका अध्यक्ष धिरज गुप्ताले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रले अस्पतालका उपकरणहरूको मर्मत सम्भारमा आवश्यक प्राविधिक सहयोग र तालिम प्रदान गर्ने पनि सम्झौता भएको छ। नारायणी अस्पतालको स्वास्थ्य उपकरणहरु समयमैं सुधार हुने र जनताको उपचारको सहज पहुँचमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको सम्झौतामा उल्लेख छ । सम्झौतापछि अस्पतालका मेसु चुमनलाल दास र राष्ट्रिय आविष्कारको प्रतिनिधि बिच सम्झौता आदानप्रदान भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय