वीरगन्ज,१९ मंसिर / पर्साको धोबिनी गाँउपालिकाको लंगडीमा रहेको ब्लु एकेडेमीले बार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । बुधबार उक्त विद्यालयको बार्षिक खेलकुद कार्यक्रमको उद्घाटन नेकपा एमालेका मधेश प्रदेश समितिका सदस्य सलाउदीन अहमदले गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका अहमदले खेलकुदको महत्वको चर्चा गर्दै विद्यार्थीहरूको शारीरिक र मानसिक विकासका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयो । उहाँले खेलकुदले आत्मविश्वास, अनुशासन र सहकार्यका गुणहरू विकास गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो ।विद्यालयका प्राचार्य सुडिल पटेलले कार्यक्रमको सफलताका लागि विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई धन्यवाद व्यक्त गर्दै खेलकुदले विद्यार्थीहरूको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो । उत्कृष्ट खेलाडीहरूको प्रदर्शनले सम्पूर्ण अभिभावक, शिक्षक र दर्शकहरूलाई गर्व महसुस गराएको हो ।
समापन समारोहमा सांस्कृतिक प्रस्तुतिले पनि दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेको थियो । विद्यालय परिवारले आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय