वीरगन्ज,१९ मंसिर / नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रालिले नारायणी अटोकर्पसँगको साझेदारीमा वीरगन्जमा नयाँ शोरुमको उदघाटन गरेको छ ।
बुधबार एक कार्यक्रमका बिच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले उक्त सोरुमको उदघाटन गरेका हुन । उदघाटन कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले यो कम्पनिको गाडी नेपालभर आफ्नो प्रभाव विस्तार गर्ने र आफ्ना ग्राहकहरूको आवश्यकता पूरा गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतामा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने बताए ।
उदघाटन कार्यक्रममा एमएडब्लु वृद्धि मोटर्सका डिलर हेड गोविन्द भुसाल, नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजत बजाज, नारायणी अटोकर्पका निर्देशक रवि केयाल र नारायणी अटोकर्पकै रवि बजाज लगायतका विशिष्ट अतिथीहरूको उपस्थितिमा रहेको थियो ।
वीरगन्जको मुटुमा रहेको प्रतिमा चोकमा अवस्थित नयाँ शोरुमले आगन्तुकहरूलाई डोङफेङ र सेरेसका नवीनतम ईभी मोडलहरूको उत्साहजनक अनुभव प्रदान गर्ने उनको भनाई छ ।
ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा योग्य कर्मचारीहरूको एक समर्पित टोली व्यक्तिगत परामर्श र परीक्षण ड्राइभहरू प्रदान गर्न तयार छ । वीरगन्ज शोरुमको उद्घाटनसँगै एमएडब्लु वृद्धि मोटर्सले नेपालमा आफ्नो प्रभाव बलियो बनाएको कम्पनिको दाबि छ ।

टेस्ट ड्राइभ क्याम्प पनि संचालनमा
शोरुमको उदघाटन पश्चात हाल सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प मंसिर २१ गते शुक्रबारसम्म हरेक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने कम्पनिले जनाएको छ । क्याम्पले ग्राहकहरूलाई नवीनतम विद्युतीय सवारी साधनहरूको अन्वेषण र परीक्षण गर्ने, विशेष लन्च अफरहरूको आनन्द लिने र उत्कृष्ट एक्सचेन्ज मूल्य र अतिरिक्त बोनसहरूका साथमा आफ्नो सवारीलाई अपग्रेड गर्ने अनुपम अवसर प्रदान गर्दछ ।
आगन्तुकहरूले प्रत्येक नयाँ खरिदको साथमा अन–स्पट फाइनान्सिङ र निःशुल्क सामानहरूको फाइदा लिन सक्छन । खानाका स्टलहरू, संगीत, परिवार–अनुकूल गतिविधिहरू र प्रत्येक टेस्ट ड्राइभ वा मूल्याङ्कनका लागि विशेष उपहारहरूको साथमा कार्यक्रम उत्साह र उमंगको केन्द्र बनेको छ ।
वीरगन्जमा विरलै हुने यस कार्यक्रमको हिस्सा बन्ने र दिगो ड्राइभिङको भविष्यको अनुभव गर्ने मौका नगुमाउनु कम्पनिले जनाएको छ । नारायणी अटोकर्पमा आएर हामीसँग जोडिनुहोस् र विद्युतीय आविष्कार र उत्कृष्ट अफरहरूको मज्जा कम्पनिले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय