वीरगन्ज,५ मंसिर / सतारुढ दल नेपाल कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रिय सचिव मिलन यादवले जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन । कांग्रेस परित्याग गरेका यादवलाई बुधबार एक कार्यक्रमका बिच जनता समाजवादी पार्टी नेपालका महासचिव लालबाबु राउतले आफ्नो पार्टीमा स्वागत गरेका हुन ।
केहि समय देखि नेपाली कांग्रेस पार्टीको गतिविधिमा निस्क्रीय बनेका यादवलाई जसपा नेपालले पार्टीमा भित्राएको हो । यादवलाई आफ्नो पार्टीमा प्रवेश गराएका जसपा नेपालका महासचिव राउतले पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै यस पार्टीमा युवाहरुलाई अवसर दिनबाट रोकावट नहुने बताए ।
यादवले पार्टी छाडेपछि नेपाली कांग्रेसमा एक प्रकारको राजनितिक तरगं नै ल्याएको अवस्था छ । नेपाली कांग्रेस जस्तो पार्टीको क्षेत्रिय सचिव नै पार्टी छाडेपछि समाजिक संजालमा क्षेत्रिय सभापति महम्द सहाबुदिनको राजनितिक सक्रियता माथी प्रश्न चिन्ह खडा गरीएको छ ।
कांग्रेस स्रोतका अनुसार कांग्रेस परित्याग गरेका यादवलाई नेपाल सरकारका मन्त्री एवं पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय कुमार चौरसीयाले क्षेत्रिय महाधिवेशमा उनलाई क्षेत्रिय सचिवको रुपमा अगाडी सारेका थिए । त्यही बेला देखि यादव कांग्रेस भित्र चर्चामा आएका थिए ।