वीरगन्ज,३० कातिक / बाराको बिश्रामपुर गाँउपालिका वडा नम्बर २ बरैनिया स्थित वडा कार्यालयमा निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ ।
वडा कार्यालय,मा शक्ति देवी कृषि सहकारी संस्था र लाईफ नेपाल जनकपुरको संयुक्त आयोजना र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो । निशुल्क आँखा शिविरमा दुई सय ५० जनाले परिक्षण गराएको वडा अध्यक्ष मनोज यादवले जानकारी दिए ।
उनका अनुसार निशुल्क रुपमा परिक्षण गराएको दुई सय ५० जना मध्ये ४२ जनामा मोतियाबिन्दु देखिएकाले शल्यक्रिया गरीने छ ।
निशुल्क रुपमा परिक्षण गराएकाहरुको केहि दिनपछि वीरगन्जको दृष्टि आँखा अस्पतालमा शल्यक्रिया गरीने वडा अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय