वीरगन्ज ,२९ कात्तिक । पर्सा ह्याण्ड बल संघको जिल्ला कार्यसमिति बिहीबार गठन भएको छ । वीरगन्जको मायालु होटेलमा राखेपका सदस्य मानदेव हजाराको प्रमुख अतिथ्यतामा भएको भेलाले सन्दीप बस्नेतको अध्यक्ष्तामा ११ सदस्यीय पर्सा ह्याण्ड बल संघ गठन भएको हो ।
नवगठित समितिको प्रथम उपाध्यक्षमा होम श्रेष्ठ , द्वितीय उपाध्यक्षमा मनोज साह , सचिवमा अमन पटेल ,उपसचिवमा राजु साह र कोषाध्यक्षमा अनु कार्की चयन भएका छन । यस्तै सदस्यहरुमा विवेक रौनियार , मयन श्रीवास्तव , बिकाश सिंह बोगटी ,जितेन्द्र यादव र कर्ण पटेल रहेक छन ।