वीरगन्ज,२९ कातिक / बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा रहेको अन्नपुर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिको अधिकारीक ट्रेड युनियनको निर्वाचनमा नेकपा एमाले निकट समग्र ट्रेड युनियनले जितको छ ।
बिहिबार भएको अन्नपुर्णा भेजिटेबलको अधिकारीक ट्रेड युनियनको निर्वाचनमा नेकपा एमाले निकट समग्र उद्योग ट्रेड युनियनका उम्मेदवार ६३ मत ल्याएर निर्वाचित भएका छन ।
कुल एकसय ४ जना मतदाता रहेको उतm निर्वाचनमा समग्र उद्योग ट्रेड युनियनका उम्मेदवारलाई ६३ मत पाउँदा नेपाली कांग्रेस निकट नेपाल कारखाना श्रमिक संघका उम्मेदवारले ३६ मत मात्र पाए ।
निर्वाचन अधिकृत ओमप्रकाश साहका अनुसार एकसय ४ मत रहेकोमा सबै खसेकोमा ९९ मत सदर र ५ वटा मत बदर भएको थियो ।
अन्नपुर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिको अधिकारीक ट्रेड युनियनको निर्वाचनमा एमालेको उम्मेदवार जितेपछि समग्र उद्योग ट्रेड युनियनका नेताहरु रामतपसी साह , सुनिल चौरसीया सहितका नेताहरुले खुशी व्यक्त गरेका छन ।