वीरगन्ज / पर्साको पोखरिया अस्पताल सुधारको माग राखेर स्थानीयले गरिरहेको अनिश्चितकालीन धर्ना स्थगित भएको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले माग पूरा गराउन पहल गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयले धर्ना त्यागेका हुन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री गुप्ताले धर्नामा बसेका स्थानीयलाई बुधबार जुस खुवाएर धर्ना तोडाए।

अस्पतालमा बेथिति सुधारको माग राखेर राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रीय नेता नेजामुद्दिन समानीको अगुवाइमा स्थानीयहरूले गत १३ असोजदेखि आन्दोलन गरिरहेका थिए। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय