वीरगन्ज,२९ कातिक /  प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ । जसअनुसार प्रहरी प्रधान कार्यालय सुरिवेक्षण तथा अनुगमन महाशाखामा कार्यरत डीएसपी किशोर लम्साललाई जिल्ला प्रहरी कार्यालय पर्सा सरूवा भएका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत डीएसपी दिपक भारतीलाई भने प्रहरी प्रधान कार्यालय सुरिवेक्षण तथा अनुगमन महाशाखामा काजमा सरूवा गरेर ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत डीएसपी लक्ष्मी खनाललाई नेपाल प्रहरी प्रधानका कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा सरूवा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय