काठमाडौं । सांसद शेरबहादुर कुँवरले अख्तियारलाई शक्ति सम्पन्न, निष्पक्ष र स्वतन्त्र बनाउनुपर्ने बताएका छन् ।  सोमबार राज्य व्यवस्था समितिमा अख्तियार विधेयकका सम्बन्धमा बोल्दै उनले कुँवरले अनुसन्धान सूत्रको परिभाषा पनि स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

देशभर भ्रष्टाचार तल्लो तहमा पुगेको बताउँदै उनले भ्रष्टाचार संस्कार संस्कृति बनेको बताए । उनले शैक्षिक संस्थालाई अख्तियार दुरुपयोग भित्र ल्याउने कि नल्याउने भन्दै प्रश्न समेत गरे ।

बैठकमा अर्का सांसद सञ्जयकुमार गौतमले पनि अख्तियार राजनीतिको छायामा परेको गुनासो आइरहेको बताएका छन् ।

‘हदम्याद राख्न हुँदैन भनेर मेरो संशोधन छ,’ गौतमले भने, ‘अख्तियार राजनीतिको छायामा परेको गुनासो छ । मुलुक भ्रष्टाचारमा डुबेको गुनासो छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय