वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल केही दिन मै प्रादेशिक अस्पताल हुने बताउनु भएको छ ।
सडक शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आउँदो मन्त्रीपरिषदको बैठकबाट पोखरीया अस्पतालको स्तरउन्नती गरी प्रादेशिक अस्पतालमा परिणत गरिने बताउनु भएको छ ।
पर्साको दोश्रो सदरमुकामको रूपमा रहेको पोखरीया नगरपालिकाको विकासको लागि आफू हरपल तयार रहेको बताउँदै , पोखरीया विभिन्न सरकारी निकायको शाखा कार्यालय सुचारु गराउन आफू लागेको उनले बताए ।
पोखरीया नगरपालिकामा आएको विकासे बजेटमा सम्पूर्ण जनप्रतिनिधि लगायत विभन्न दलका नेताहरुलाई एकजुट भई विकासको काम तिब्र रुपमा अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गर्नुभयो ।
कार्यक्रममा पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमन् चौहान , उपप्रमुख रवि ठाकुर लगायत वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।