
वीरगन्ज / नेपाल राहत शिक्षक समितिको केन्द्रिय सचिवमा पर्सा निवासी अमृत श्रेष्ठ सर्वसहमत निर्वाचित भएका छन । गत कातिक ९ र १० मा काठमांडौमा सम्पन्न भएको नेपाल राहत शिक्षक समितिको केन्द्रिय महाअधिवेशनले श्रेष्ठ सर्वसहमत सचिवमा निर्वाचित हुन ।
ठोरी गाँउपालिकाको नेपाल शिक्षक महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठ अब देशका सबै राहत शिक्षकको पक्षमा आवाज उठाउने जनाएका छन ।
ठोरी गाँउपालिका वडा नम्बर ५ सखुवाटीमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक रहेका उनले अब राहत शिक्षकको लागी न्याय र हकहितको लागी आवाज उठाउने ठाँउमा आफु पुगेको बताए ।
उनका अनुसार अहिले देशमा ४० हजार राहत शिक्षक रहेकाले उनीहरुको पक्षमा आवाज बलियो रुपमा उठाउने समिति निर्माण भएको छ ।
एक सय ५१ सदस्यीय नेपाल राहत शिक्षक समितिको केन्द्रिय अध्यक्षमा नविन सिंह धामी , प्रथम अध्यक्षमा बिरेन्द्र कुमार मल्ल , बरिष्ठ सहअध्यक्षमा बिनोद पासवान र भिमबहादुर सिंह निर्वाचित भएका छन ।