काठमाडौं, कात्तिक १२ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले मात्र नसक्ने बताएका छन्।

भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले नसक्ने भएकाले सबैको सहयोग अनिवार्य हुने प्रमुख आयुक्त राईको भनाई छ।

सोमबार राज्य व्यवस्था समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि भएको छलफलमा प्रमुख आयुक्त राईले उक्त भनाई राखेका हुन्।

‘अख्तियार एक्लैले भ्रष्टाचार कन्ट्रोल गर्न सक्दैन । यसमा सबैको सहयोग चाहिन्छ’, प्रमुख आयुक्त राईले भने।

विकसित राष्ट्रमा विकासका नाममा बनेका गाइडलाइन नेपालको हकमा कार्यान्वयन गर्न जटिल हुने भनाई पनि उनले राखे । अति जटिल कामहरू र सहजै हुने विकासका काममा सोही अनुसारको कानुनी प्रावधान राख्नुपर्ने सुझाव राईको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय