काठमाडाैं । बाराको सदरमुकाम कलैयामा रहेकाे यातायात ब्यवस्था कार्यालयले पैसाको चलखेल गरेर धमाधम सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएकाे छ ।
यातायात ब्यवस्था कार्यालय कलैया, बाराले उक्त सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएकाे हाे ।
कान्तिपथले प्राप्त गरेकाे उक्त जानकारी अनुसार, पैसाकाे चलखेल गरेर ५८९ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएकाे स्राेतले बताएकाे छ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि जम्मा ६६० जनाले लिखित परीक्षा दिएका थिए । तर, लिखित परीक्षामा फेल भएका समेतलाई पैसाकाे चलखेल गरेर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) दिने भएकाे हाे ।
तर, खास कुरा के भने त्यहाँका राजनीतिक दलका केही नेता तथा बिचौलियाहरूले पैसाकाे चलखेल गरेर प्रहरी प्रशासन, ट्राफिक प्रहरी, पत्रकार आदीलाई पैसाकाे लाेभ देखाउँदै यातायात ब्यवस्था कार्यालय कलैया बाराका केही हाकिमहरू मिलेर यस्ताे घिनलाग्दो हर्कत गरेका छन् ।
एउटा लाइसेन्सकाे मूल्य प्रतिव्यक्तिबाट रु. १५ हजार देखि ३० हजारसम्म उठाउने गरेकाे स्राेतकाे दावी छ ।
यस्ताे छ एउटा लाइसेन्सकाे मूल्य
(कार जीपकाे रू. २० हजार, अटाेरिक्सा रू. १५ हजार, बाइक स्कूटर रू. १५ हजार देखि ३० हजारसम्म)
आज म बाहिर छु, भाेली नै यातायात ब्यवस्था कार्यालय कलैया, बाराका हाकिम अरबिन्द कुमार यादवसंग भेट गरेर खास कुरा के हाे बुझेर खबर गर्ने उक्त कार्यमा संग्लन रहेका जाे काेहीलाई पनि कार्वाही गर्ने जिल्ला प्रशासन कार्यालय, वाराका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी छविरमण भट्टराईले कान्तिपथसंग टेलीफोनमा कुरा गर्दै यस्ताे भने ।
यस बिषयमा सम्बन्धित निकायलाई जानकारी भए पनि पैसाको लोभले कानमा तेल हालेर माैन बसेको छ ।