
सुनचाँदीको तस्करी बढ्दो क्रममा रहँदा प्रहरीले बिहीबार १४ किलो चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका-६ प्रस्टोकाका ३३ वर्षीय सन्तोष साह सोनार र जीतपुर सिमरा उपमहानगरपालिका-८ गमरगावाटोलका २७ वर्षीय सुरेश महतो रहेका छन्।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले बिहीबार बिहान जीतपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगञ्जमा सवारी साधनको चेकजाँच गर्दै गर्दा उनीहरूको साथबाट १४ किलो चाँदी बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बरामद चाँदीको अनुमानित बजार मूल्य २५ लाख ४ हजार ९५० रुपैयाँ छ ।