
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको दुर्गा भगवती गाउपालिका वडा नम्बर ४ का सञ्जयकुमार यादवलाई आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् ।
युवा जनमत संघका केन्द्रीय संयोजक समेत रहेका युवा नेता यादवलाई मुख्यमन्त्री सिंहले बुधवार आफ्ना राजनीतिक सल्लाहकार नियुक्त गरेको जानकारी गराएका छन् ।