बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७८ हजार नगदसहित पक्राउ गरेको छ ।

बिहीबार दिउँसो सेवाग्राहीसँग घुस लिएको आरोपमा कलैया उपमहानगरपालिका ४ बाट साहलाई पक्राउ गरीएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम लिईरहेको अवस्थामा पक्राउ गरीएको गौतमले बताए ।

सेवाग्राहीले दिएको सूचनाको आधारमा अख्तियारको टोली कलैया पुगेको र रकम लिइरहेको अवस्थामा साहलाई पक्राउ गरेर आवश्यक कारबाहीका लागि हेटौंडा लगीएको सूचना अधिकारी गौतमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय