काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला  प्रहरी परिसर काठमाडौँमा निवेदन परेको छ ।

युवराज सफलले नेपाल सरकार ,नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदहरुलाई मुलुकी अपराध संहिता ,२०७४ को दफा (५० )को उपदफा(४)बमोजिम ३ बर्ष जेल सजाय र ३० हजार जरिवानाको माग गर्दै जिल्ला  प्रहरी परिसरमा जाहेरी पेश गरेका हुन् ।

जाहेरीमा उनले संसदीय छानबिन समितिले कारवाही गर्न सिफारिस गरेपछि प्रहरीले अदालतको आदेशमा गरेको कारवाहीप्रति अवरोध सिर्जना गर्न आन्दोलन गरिरहेको र कार्यकर्तालाई अनिवार्य उपस्थितिको लागि उर्दी समेत जारी गरेकोले सो कार्य मुलुकी अपराध संहिताविपरित भएको उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय