वीरगन्जमा प्रहरीले राजश्व छलीको आशंकामा ६६ लाख २४ हजार ३४ रुपैयाँ मूल्यको बदामसहितको ट्रक नियन्त्रणमा लिएको छ ।विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज–२१ परवानीपु्र चोकबाट एक ट्रक बदाम नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेशको ०३००१ ख ७६७३ नम्बरको ट्रक प्रहरीले परवानीपुर चोकमा रोकेर चेकजाँच गर्दा उक्त ट्रकमा बिलबिजकभन्दा बढी परिमाणमा ‘अल्मन्डस’ (बदाम) भेटिएपछि बदामसहितको उक्त ट्रक नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए ।

नियन्त्रणमा लिइएको बदामसहितको उक्त ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा पठाइएको भारतीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय