वीरगञ्ज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त राखेर कार्यरत प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।सरकारले ४० जना सहसचिवको सरुवा गर्दा उद्योग र भूमि विभागमा महानिर्देशक हेरफेर भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ४० जना सहसचिवको सरुवा सूचीअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको उद्योग विभागका महानिर्देशक यज्ञराज कोइरालाको राष्ट्रिय योजना आयोगमा सरुवा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत रहेको भूमि, व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक कृष्णप्रसाद सापकोटाको पनि राष्ट्रिय योजना आयोगमै सरुवा भएको छ ।

यस्तै प्राविधिकतर्फ कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको पशु सेवा विभागका उपमहानिर्देशक विनयकुमार कर्णको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय