काठमाडौं, ५ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद प्रेम आलेले पार्टी छोडेर एमालेमा जाने निश्चित् भएको खुलासा गरेका छन् । पत्रकारसँगको संक्षिप्त कुराकानीमा आलेले अब एकीकृत समाजवादीमा रहने अवस्था सकिएको स्पष्ट पारे । उनले एमालेमा फर्किने तयारी भएको पनि सुनाए ।

पछिल्लो समय एकीकृत समाजवादीमा आधा दर्जन सांसद असन्तुष्ट बनेका छन् । उनीहरु एमालेमा फर्किनेगरि तयारीमा छन् । असन्तुष्ट सांसदहरुको नेतृत्व भने आलेले नै गरेका छन् । उनलाई बारा–४ बाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठले पनि साथ दिएका छन् ।

आले र श्रेष्ठ नै पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर सम्वादमा छन् । उनीहरुको आग्रहमा नै प्रधानमन्त्री ओलीले आज/भोलिभित्रै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनेगरि गृहकार्य थालेका छन् ।

कतिपयले आजै बस्ने मन्त्रिपरिषद् बैठकमार्फत अध्यादेश आउने अड्कलबाजी गरेका छन् । यसको लागि प्रधानमन्त्री ओलीले हिजो (आइतबार) नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति लिएको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय