दशैं बिदा पछि सरकारी कार्यालय र अस्पतालका ओपिडी खुलेपछि सेवाग्राही आउन थालेका छन्। फुलपातीदेखि सुरू भएको दशैं बिदा आजदेखि सकिएसँगै आजदेखि सरकारी कार्यालयले सेवा सुचारू गरेका छन् भने सरकारी अस्पतालको ओपिडी पनि खुलेका छन्। दशैं बिदाको समयमा अस्पतालका इमर्जेन्सी लगायत अन्य सेवा भने खुल्ला थिए।