कही नभएको जात्रा हाँडी गाउँमा भएको उखान जस्तै सशस्त्र प्रहरी बल ३० नं. गणद्वारा अनावश्यक रुपले अस्थायी रुपमा स्थापना गरिएको नेपालगन्जस्थित चौलिक्का चेकपोष्टका खटिएका सशस्त्र प्रहरीले अहिले भारतीय पर्यटकलाई निशाना बनाउँदै दुख दिएको गुनासो बाहिर आएको छ ।
मानसरोबर दर्शनको लागि भारतीय पर्यटकको ट्रान्जिट प्वाइन्ट नेपालगन्जलाई मानिएको छ । अधिकांश भारतीय पर्यटक नेपालगन्ज हुँदै मानसरोबर जाने गरेको पाइन्छ । भारतीय पर्यटकको कारण नेपालगन्जस्थित सानादेखि तारे होटल र क्यासिनो व्यवसाय फस्टाउने गरेको पनि छ तर होटल र क्यासिनोमा सशस्त्र प्रहरी बलको पहुँच नहुने भएको कारण अहिले सशस्त्र प्रहरी बल ३० नं. गणले भारतको विभिन्न सहरबाट मानसरोबरको लागि आउने भारतीय पर्यटकलाई निशाना बनाउँदै दुख दिने गरेको महसुस गर्न थालिएको छ ।
हिजो आइतबार राती करिब ८.३० बजे भारत उत्तर प्रदेश राजधानी लखनउबाट ३५ जना भारतीय पर्यटक मानसरोबर जानको लागि आउँदा सशस्त्र प्रहरी बल ३० नं. गणको अनावश्यक रुपमा स्थापना भएको चौलिक्का पोष्टले एक घण्टा बढी समयसम्म दुख दिएको भारतीय पर्यटकले दुखेसो पोखे । लखनउबाट आएको बसको सुविधा लिन खोज्दा नेपालगन्ज भन्सार कार्यालयको सुविधा काउण्टर बन्द भई सकेको भएपनि नाकामा रहेका भन्सार कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिद्धार्थ होटलसम्म पर्यटकलाई छोडेर आउने सहमती भएता पनि चौलिक्का चेकपोष्टले अनावश्यक रुपमा एक घण्टा बढी दुख दिएको भारतीय पर्यटकले बताए ।
हुन त भारतीय नाकासँग जोडिएको नेपालको पुर्व क्षेत्रको कुनै पनि सहरमा सशस्त्र प्रहरी बलको कुनै पनि गणले अनावश्यक रुपमा चौलिक्का जस्तो चेक पोष्ट राखेको नभएपनि जनता र भारतीय पर्यटकलाई दुख दिन सशस्त्र प्रहरी बल ३० नं. गणले चौलिक्का चेक पोष्ट राखेको अधिकांश जनताले बताउने गरेका छन् ।
भारतीय पर्यटकलाई सास्ती दिएको विषयमा जानकारी लिन सशस्त्र प्रहरी बल ३० नं.का एसपी विमल डाँगीसँग सम्पर्क गर्न खोज्दा उहाँले कल नै रिसिभ गर्नु भएन । एसपी डाँगी भने दैनिक जसो मलमपट्टी रेष्टुरेन्टमा एक पत्रकारको इशारामा सशस्त्र प्रहरी परिचालन गर्ने चर्चाको विषय बनेको छ । सशस्त्र प्रहरी एसपीलाई आफ्नो जिल्ला बाहिर जानु परे पुर्व स्वीकृत लिई जानु पर्नेमा मलमपट्टीमा योजना बनाई ती एक पत्रकारसँग जिल्ला छाडेर आफुखुशी जाने गरेको समेत चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय