वीरगन्ज,९ बैशाख । पाचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको  फाइनलमा आयोजक शक्ति युवा क्लब प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक शक्ति युवा क्लबले सडेनडेथमा ९-८ गोल अन्तरले वीरगन्ज युनाइटेड क्लब वीरगन्जलाई पराजित गरेर फाइनल प्रवेश गरेको हो ।

परवानीपुर खेल मैदानमा जारी प्रतियोगितामा खेलको निर्धारित समयमा दुबै टिम दुई -दुई गोलले बराबरी खेलेपछी खेल टाइब्रेकरमा धकेलिएको थियो ।

खेलमा सुरु देखि बलियो देखिएको शक्ति युवा क्लबले हाफ टाइमपछी कमजोर प्रस्तुत हुन थालेको थियो । खेलको ४ औं मिनेटमा शक्ति युवा क्लबका खेलाडी सुजन श्रेष्ठले गोल गरे ।

पहिलो गोलपछी झन आक्रमक देखिएको शक्ति युवा क्लबले खेलको १० औं मिनेटमा शक्ति युवा क्लबका खेलाडी श्रेष्ठले अर्को गोल गरे ।

त्यसपछि खेलको ३६ औं मिनेटमा वीरगन्ज युनाइटेड क्लबका खेलाडी युवराज खड्का गोल गरे । दोस्रो हाफमा कमजोर बन्दै गरेको शक्ति युवा क्लब खेलाडी माथि हाबी बनेको थियो ।

खेलको ५५ औं मिनेटमा वीरगन्ज युनाइटेड क्लबका खेलाडी सागर चौधरी गोल गरेर खेललाई बराबरीमा पुर्याएको थियो ।

आजको खेलमा आयोजक शक्ति युवा क्लबका गोलकिपर रबिन बस्नेत घोषित भए उनले २१ सय नगद प्राप्त गरे । उनलाई वीरगन्ज महानगरपालिका २१ का वडा अध्यक्ष राधाकृष्ण साह रौनियारले प्रदान गरे ।

भोलिको दोस्रो सेमिफाइनलमा निजगढ फुटबल क्लब निजगढ र रिगल हेटौंडा एन्फा मकवानपुर भिड्नेछन् ।

प्रतियोगिताका सहसंयोजक दिपक यादवको अध्यक्षता भएको आजको वीरगन्ज महानगरपालिका २१ का वडा अध्यक्ष राधाकृष्ण साह रौनियारले प्रतियोगिताको उदघाटन गरेका थिए ।

बैशाख १२ सम्म संचालन हुने पाँचौं परवानीपुर गोल्डकपमा भारत एक वटा र नेपालको ७ वटा टिम गरि आठ वटा टिमले सहभागी भएको आयोजक क्लबका उपाध्यक्ष हुलास यादवले जानकारी दिए ।

राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद नाराका साथ परवानीपुर गोल्डकप–२०८३ को पाँचौं परवानीपुर गोल्डकप परवानीपुर खेल मैदानमा करिब १७ लाखको लागतमा भइरहेको यादवले बताए ।

प्रतियोगितामा पहिलो पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख र अन्य विधा जस्तै उत्कृष्ट डिफेन्डर, फरवार्ड, प्रतिदिनका खेलका उत्कृष्ट खेलाडीहरुलाई आर्थिक नगदबाट पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष सुबोध  श्रीवास्तले बताए । त्यस्तै खेलभरिका उत्कृष्ट प्रतियोगिताका खेलाडीलाई ५१०० नगद पुरस्कार दिइने अध्यक्ष श्रीवास्तले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय