वीरगन्ज ,७ बैशाख । त्रिभुवन राजमार्ग अन्तर्गत वीरगन्ज संगै जोडिएको गण्डक चोकमा शिवपती फार्मेसी प्राइभेट लिमिटेड संचालनमा आएको छ ।
परवानीपुर गाउँपालिका ५ बहुवरी निवासी युवा एम.फर्मा जयलाल यादवले आइतबार देखि उक्त फार्मेसी संचालनमा ल्याएका हुन ।
एक कार्यक्रमका बीच उक्त फार्मेसीको उदघाटन एम.फर्मा यादवको अभिभावकद्वय पुरन यादव र मदन यादवले संयुक्त रूपमा गरेका थिए ।
फार्मेसी संचालनमा आएपछि समाजमा यसको योगदान निकै महत्वपूर्ण हुन्छ। सामान्य पसलजस्तो मात्र नभई, यो स्वास्थ्य सेवाको आधारभूत केन्द्र जस्तै काम गर्ने संचालक यादवले बताए ।

उनका अनुसार अब सहज स्वास्थ्य सेवा पहुँच फार्मेसीबाट मानिसहरूले छिटो र नजिकै औषधि पाउँछन्, जसले साना–साना रोगको उपचार तुरुन्त गर्न सहयोग गर्नेछ ।
अब सही औषधि र परामर्श प्रशिक्षित फार्मासिस्टले औषधि कसरी खाने, कति मात्रामा लिने भन्नेबारे यस फार्मेसीबाट सुझाव दिदै गलत प्रयोगबाट बचाउँने उनले बताए ।

साथै आपतकालीन सहयोग राति वा आकस्मिक अवस्थामा अस्पताल टाढा हुँदा फार्मेसीले तुरुन्त आवश्यक औषधि उपलब्ध गराउँने संचालक यादवले बताए ।
अब नक्कली वा गलत औषधि नियन्त्रणविश्वसनीय फार्मेसीले गुणस्तरीय औषधि उपलब्ध गराएर मानिसलाई सुरक्षित राख्ने बिश्वास व्यक्त गरे ।
स्वास्थ्य प्रणालीलाई सहयोग अस्पतालको भीड कम गर्न फार्मेसीले सामान्य बिरामीको हेरचाहमा ठूलो भूमिका खेल्ने उनले बताए ।
औषधि फार्मेसी समाजमा स्वास्थ्य सेवा, जनचेतना र सहज पहुँचका माध्यमबाट जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्ने संचालक यादवले बताए ।
